काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको हो।
रेग्मीले अहिलेसम्म ७ वटा शव फेला परेको जानकारी दिँदै घाइतेहरूको उद्धार तथा फेला परेका शव संकलन गर्ने काम भइरहेको बताए।
उनका अनुसार बाढीपछि केही मानिस बेपत्ता भएको सूचनासमेत प्राप्त भइरहेको छ। बेपत्ताको खोजीका लागि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा परिचालन भएका छन्।














प्रतिक्रिया दिनुहोस्