काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण स्थगित भएको छ।
उच्च स्रोतका अनुसार अगस्टको दोस्रो साता हुने भनिएको लामिछानेको चीन भ्रमण यसअघि एक महिना पछि सारिएको थियो। तर सेप्टेम्बरको दोस्रो सातामा पनि उनको भ्रमण नहुने भएको हो।
अब भने रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी रहेको स्रोतले जनाएको छ।
भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। तर पछिल्लो तयारीअनुसार उनको व्यक्तिगत भ्रमण तत्कालका लागि स्थगित भएको हो।
सरकारी स्रोतका अनुसार लामिछानेले उपयुक्त समयमा चीन भ्रमण गर्नेछन्। यद्यपि नयाँ भ्रमणको मिति भने हालसम्म तय भएको छैन।
लामिछानेको चीन भ्रमण स्थगित भए पनि सांसदहरूको टोलीको चीन भ्रमण भने निर्धारित कार्यक्रमअनुसार अघि बढ्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्