images
images

चर्चित गायिका शान्ता र शान्तीको ‘सुन्तालाको रसैले’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायिका शान्ता रानी परियार र शान्ती श्री परियारको स्वरमा रहेको नयाँ गीत ‘सुन्तालाको रसैले’ सार्वजनिक भएको छ। गीतमा गायक क्षितिज सुनार र ऋषि खड्काले पनि स्वर दिएका छन्।

‘सुन्तालाको रसैले’मा पछिल्लो समयका युवा–युवतीबीचको प्रेम, आकर्षण र सम्बन्धलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। प्रेमकथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएकाले गीतले युवा पुस्तालाई लक्षित गरेको देखिन्छ।

गीतमा ऋषि खड्काको शब्द तथा लय रहेको छ भने संगीत संयोजन श्यामस्वेत रसाइलीले गरेका छन्। गीतको भिडियो निर्देशन मुकेश नेपालीले गरेका हुन्।

भिडियोमा सुष्मा अधिकारी, राजकुमार सिंह, विन्दु ज्ञवाली र आशिर प्रताप जंगले अभिनय गरेका छन्। भिडियोमा कलाकारहरूको अभिनयमार्फत प्रेम र युवा पुस्ताको सम्बन्धलाई रमाइलो तथा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

‘सुन्तालाको रसैले’को भिडियो सार्वजनिक भएसँगै गीतले दर्शक तथा स्रोतामाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ। प्रेम र मनोरञ्जनलाई केन्द्रमा राखिएको गीत भएकाले युवा पुस्तामाझ लोकप्रिय हुने निर्माण पक्षको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्