काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनापति धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री शाह र भारतीय स्थल सेनापति सेठबीच आज दिउँसो २ः३० बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराअनुसार सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।
सोमबार नै भारतीय स्थल सेनापति सेठले जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य तथा आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।
जंगी अड्डा परिसरमा सेठले वृक्षरोपणसमेत गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारी तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।भारतीय सेनापति सेठले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने














प्रतिक्रिया दिनुहोस्