काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार काठमाडौं फर्किएका छन्।
देउवा सवार विमान बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वास्थ्योपचारका लागि लामो समय विदेशमा रहेका देउवा स्वदेश फर्किएसँगै विमानस्थलमा कांग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।
देउवालाई स्वागत गर्न ठूलो संख्यामा समर्थक तथा कांग्रेसका नेता–कार्यकर्ता विमानस्थल पुगेका थिए।














प्रतिक्रिया दिनुहोस्