images
images

कप्तानी खोसेर क्यानले रोहितलाई भन्यो– ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट हटाइएका रोहितकुमार पौडेललाई धन्यवाद दिँदै उनको नेतृत्वको प्रशंसा गरेको छ।

क्यानले सोमबार रोहितलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीको कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो।

कप्तानीबाट हटाएपछि क्यानले सामाजिक सञ्जालमार्फत रोहितले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएको हो।

क्यानले रोहितको नेतृत्वमा नेपाली टोलीले उल्लेखनीय उपलब्धि हासिल गरेको र नेपाली क्रिकेटमा स्मरणीय क्षण सिर्जना भएको उल्लेख गरेको छ। टोली, देश र क्रिकेटप्रतिको उनको प्रतिबद्धतालाई पनि क्यानले प्रेरणादायी भनेको छ।

क्यानले आगामी दिनमा पनि रोहितले राष्ट्रिय टोलीमा गौरव र समर्पणका साथ योगदान गरिरहने विश्वास व्यक्त गरेको छ।

क्यानले आफ्नो सन्देशको अन्त्यमा लेखेको छ, ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ।’

प्रतिक्रिया दिनुहोस्