images
images

क्युआर गरिदेउको चर्चा चुलियो

काठमाडौं । माया–प्रेमलाई मुख्य विषयवस्तु बनाएर नयाँ लोकदोहोरी गीत ‘क्यु आर गरिदेउ’ सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय गायक अर्जुन सापकोटा र गायिका शान्ता रानी परियारको सुमधुर आवाज सुन्न सकिन्छ। प्रेमभाव र समसामयिक विषयलाई प्रस्तुत गरिएको गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ।

गीतमा पुष्पल शर्माको शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ। गीतको संगीत संयोजन तथा प्रस्तुतिले नेपाली लोकदोहोरीको मौलिक स्वादलाई समेट्दै नयाँपन दिने प्रयास गरेको देखिन्छ।

निशान बानियाँको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर लम्साल र जुना विश्वकर्माको अभिनय रहेको छ। प्रेम र सम्बन्धका विभिन्न भावलाई प्रस्तुत गरिएको भिडियोमा कलाकारद्वयको अभिनयसमेत आकर्षक देखिन्छ।

गीतको अडियो तथा भिडियो दुवै पक्षलाई उत्कृष्ट बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। ‘क्यु आर गरिदेउ’ ले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्