काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
आन्तरिक राजश्व विभागका अनुसार विजेताले शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका थिए। १० लाख रुपैयाँको बम्पर उपहार जित्ने कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बम्पर उपहारको नतिजा सार्वजनिक गरेका हुन्। यसका साथै अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले उपहार प्राप्त गरेका छन्।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने तथा नगदमा खरिद गरी विभागको वेबसाइटमा बिल अपलोड गर्ने उपभोक्तालाई योजनामा समावेश गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्