काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निर्देशक प्रविण थापा निकै चर्चित र व्यस्त निर्देशकका रूपमा स्थापित हुँदै गएका छन्। मेहनती, अनुशासित र लगनशील स्वभावका थापाले निरन्तर सिर्जनात्मक काममार्फत आफ्नो छुट्टै पहिचान बनाइरहेका छन्।
विशेषगरी लोकदोहोरी गीतका नृत्य निर्देशन र भिडियो निर्देशनमा उनको विशेष रुचि रहेको छ। यही कारण पछिल्ला दिनहरूमा उनी विभिन्न कलाकार र निर्माण टोलीको पहिलो रोजाइ बन्न सफल भएका छन्।
हालै सार्वजनिक भएको ‘मे माया युकेको लाहुरे’ गीत पनि थापाकै निर्देशनमा तयार भएको हो। भिडियोलाई आकर्षक र प्रभावशाली बनाउन उनले निकै मेहनत गरेको निर्माण पक्षले जनाएको छ। निर्देशन, दृश्य संयोजन र प्रस्तुतीकरणका कारण गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
मोहन खड्का र सरिता सुनारको स्वर रहेको उक्त गीत सार्वजनिक भएयता सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न सफल भएको छ। गीतको भिडियोले पनि छोटो समयमै दर्शकको ध्यान आकर्षित गरेको छ।
निर्देशक थापाले आफ्ना पछिल्ला कामप्रति दर्शक तथा स्रोताबाट प्राप्त माया, साथ र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय र मेहनती सिर्जना लिएर आउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार दर्शकको विश्वास नै आफूलाई अझ राम्रो काम गर्न प्रेरित गर्ने सबैभन्दा ठूलो ऊर्जा हो।











प्रतिक्रिया दिनुहोस्