काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनी कप्तान लियोनल मेसीको प्रशंसा गर्दै फाइनलमा उनले गोल गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एम्बाप्पेले मेसीको प्रभावबारे चर्चा गर्दै भने, ‘मेसीले भोलिको फाइनलमा गोल गर्नेछन्। यो निश्चित छ।’
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई प्राथमिकता दिने बताए। उनले आफू व्यक्तिगत कीर्तिमानभन्दा पनि टोलीलाई जित दिलाउने लक्ष्यमा केन्द्रित रहेको उल्लेख गरे।
‘म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु। विश्वकपमा धेरै गोल गर्दा केही पक्षमा खेलाडीको विकास हुन्छ,’ उनले भने।
विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेको उपलब्धिबारे प्रतिक्रिया दिँदै एम्बाप्पेले अहिले त्यसबारे सोच्ने समय नभएको बताए। ‘विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि म फाइनल खेल्न चाहन्थेँ। व्यक्तिगत रूपमा यो सुन्दर कीर्तिमान हो, तर अहिले मैले त्यसबारे सोच्नु हुँदैन,’ उनले भने।
सेमिफाइनलमा स्पेनसँग ४–२ ले पराजित भएपछि एम्बाप्पेले टोलीको प्रदर्शनप्रति आत्मालोचना पनि गरे। उनका अनुसार पहिलो हाफमा फ्रान्सको प्रदर्शन निकै कमजोर रह्यो।
‘पहिलो हाफ साँच्चै अविश्वसनीय रूपमा खराब रह्यो। दोस्रो हाफमा हामीले आफ्नो लय र आत्मविश्वास फर्कायौं, तर जित निकाल्न सकेनौं,’ उनले भने।
स्पेनविरुद्ध दुई गोल गरेका एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा हाल २२ गोल रहेको छ भने मेसी २१ गोलसहित दोस्रो स्थानमा छन्। गोल्डेन बुटको दौडमा पनि एम्बाप्पे १० गोलका साथ अग्रस्थानमा छन् भने मेसीले ८ गोल गरेका छन्।
अब विश्व फुटबलको नजर अर्जेन्टिना र स्पेनबीच हुने फाइनलमा केन्द्रित छ, जहाँ मेसी आफ्नो दोस्रो विश्वकप उपाधिको खोजीमा हुनेछन् भने एम्बाप्पेले भविष्यवाणी गरेझैँ अर्जेन्टिनी कप्तानले गोल गर्छन् कि गर्दैनन् भन्ने चासो विश्वभरका समर्थकमाझ बढेको छ।










प्रतिक्रिया दिनुहोस्