काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा हुने बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।
बैठकमा महिला उद्यमीहरूले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका चुनौती, उपलब्ध अवसर र सरकारसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा आफ्ना सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।










प्रतिक्रिया दिनुहोस्