images
images

काठमाडौं हिँडेका मिटरब्याजपीडितलाई बाटोमै रोकेर गृहमन्त्री गुरुङले थाले वार्ता

जनकपुरधाम । काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याजपीडितलाई गृहमन्त्री सुधन गुरुङले बाटोमै रोकाएर वार्ता सुरु गरेका छन्।

सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन र प्रधानमन्त्री वालेन्द्र शाहले गरेको प्रतिबद्धता पूरा गर्न दबाब दिन मिटरब्याजपीडितले असार २५ गतेदेखि जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल यात्रा थालेका थिए।

मिटरब्याजपीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार टोली सोमबार उद्योग वाणिज्य संघको सभाहलमा बसेको थियो। मंगलबार बिहान पुनः पैदल यात्रा सुरु गरेलगत्तै करिब २०० मिटर अघि पुगेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउने जानकारी दिएको थियो। त्यसपछि टोली पुनः सभाहलमा फर्किएको उनले बताए।

हाल गृहमन्त्री गुरुङ र पीडित पक्षबीच उनीहरूले उठाएका माग, विगतमा भएका सहमति तथा त्यसको कार्यान्वयनका विषयमा छलफल भइरहेको छ।

मिटरब्याजपीडितहरूले आफ्ना समस्या समाधानका लागि सरकारसँग पटक–पटक भएका सहमति अझै कार्यान्वयन नभएको भन्दै काठमाडौं पुगेर पुनः दबाब दिने कार्यक्रम सार्वजनिक गरेका थिए। वार्ताबाट सहमति जुट्ने वा नजुट्ने विषय भने अझै खुल्न बाँकी

प्रतिक्रिया दिनुहोस्