काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्।
बिहीबार दिउँसो भएको घटनापछि त्यहाँ खटिएका प्रहरीले तत्काल आगो नियन्त्रणमा लिई घाइते युवकको उद्धार गरेका थिए। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार युवकको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको परिचय अझै खुल्न सकेको छैन।
युवकले किन आत्मदाहको प्रयास गरे भन्ने कारण पनि खुलेको छैन। प्रहरीले घटनाको कारणबारे अनुसन्धान र सोधपुछ गरिरहेको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्