काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुँदैछ।
पार्टीका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिनेछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो।
सभापतिमा निर्वाचित रवि लामिछानेले भने यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आजको कार्यक्रमसँगै महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।














प्रतिक्रिया दिनुहोस्