चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।
यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ । महामन्त्री उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना,गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।
आयोगले महामन्त्रीमा उम्मेदवार भनेर निकालेरका जगदिश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छ्न ।
यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन् ।
यस्तै, सहमहामन्त्री १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन्।महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्