चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू हुन अझै ढिलाइ हुने भएको छ। प्रतिनिधि संख्या टुंगो नलाग्दा निर्धारित समयभन्दा करिब दुई घण्टाभन्दा बढी ढिलाइ भएको हो।
महाधिवेशनको बन्द सत्र आज बिहान साढे ८ बजेबाट सुरु गर्ने कार्यतालिका भए पनि पाँच घण्टा बितिसक्दा समेत प्रक्रिया अघि बढ्न सकेको छैन।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधि संख्या टुंग्याउने काम अझै जारी छ। उनले केही समयअघि ४ हजार २ सय प्रतिनिधिको नाम सार्वजनिक गरिए पनि अझै केही विवरण संकलन गर्न बाँकी रहेकाले ढिलाइ भएको बताए।
उनका अनुसार मधेस प्रदेशलगायत केही प्रदेशको अधिवेशन ढिलो भएकाले प्रतिनिधि सूची पूर्ण रूपमा टुंगो लाग्न नसकेको हो।
महाधिवेशनको बन्द सत्र ढिलाइ हुँदा संगठनात्मक र निर्वाचनसम्बन्धी कार्यतालिकामा समेत असर पर्ने देखिएको छ।










प्रतिक्रिया दिनुहोस्