चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रको सञ्चालन पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले गरेका छन्।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रतिनिधि नेताहरूको सहभागिता रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा महाधिवेशनमा उपस्थित भएका छन्।
नेकपा एमालेका तर्फबाट भने शीर्ष तहका पदाधिकारी नभई केन्द्रीय सदस्य प्रदीप ज्ञवाली सहभागी भएका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन पनि महाधिवेशनमा उपस्थित भएका छन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ।
तर श्रम संस्कृति पार्टीले भने महाधिवेशनमा सहभागी नहुने जनाएको छ। सो पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित अभिव्यक्तिबारे रास्वपाले स्पष्ट धारणा नलिएको कारण सहभागी नहुने निर्णय गरिएको बताएका छन्।
रास्वपाको यो पहिलो महाधिवेशनले पार्टीको संगठनात्मक संरचना, नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्