काठमाडौं । विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। विरोधका कारण सदनको वातावरण पुनः तनावग्रस्त बनेको छ।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका छन्। प्रधानमन्त्रीले उक्त दिन नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षीहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका छन्।
आफ्नो माग सम्बोधन नभएसम्म सदनको अवरोध जारी रहने विपक्षी दलहरूको अडान रहेको छ। यस विषयमा सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्