काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको कार्यअवधि असार मसान्तसम्म थप गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधनका विभिन्न पक्षमा सुझाव संकलन गर्ने काम गरिरहेको छ। कार्यदलले पूर्वराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेताहरू, संविधानविद् तथा सरोकारवालासँग निरन्तर छलफल गर्दै आएको जनाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद थप गर्ने निर्णय गरेको हो। सरकारले संविधान संशोधनको विषयमा व्यापक परामर्श र बहसलाई निष्कर्षमा पुर्याउन थप समय आवश्यक परेको जनाएको छ।
बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित रावल आयोग को प्रतिवेदन, २०५२ कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले लेखामान बोर्डको अध्यक्ष पदमा रमेश कुमार धिताल लाई मनोनयन गर्ने निर्णय गरेको छ। धिताल सिन्धुपाल्चोक निवासी हुन्।











प्रतिक्रिया दिनुहोस्