images
images

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले लगातार अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेको सूचना सुनाएका हुन्।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले विरोध जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने माग राखेका छन्।

लगातारको अवरोधका कारण आजको बैठकमा कुनै पनि कार्यसूची अघि बढ्न नसकेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्