images
images

नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनलमा हङ्कङलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो। वर्षाका कारण प्रभावित खेलमा नेपालले डीएलएस (Duckworth-Lewis-Stern) पद्धतिका आधारमा हङ्कङलाई हराएको हो।

हङ्कङले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि डीएलएस पद्धति अनुसार नेपाललाई विजेता घोषणा गरिएको हो।

यससँगै नेपालले प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउँदै आगामी एसियन गेम्सका लागि आत्मविश्वासपूर्ण तयारी पूरा गरेको छ।

प्रतिक्रिया दिनुहोस्