काठमाडौं । आर्थिक अनियमितताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ।
बुधबार पुगेको सीआईबीको टोलीले डिडिसीका पाँच कर्मचारीको मोबाइल जफत गर्नुका साथै दूध खरिद–बिक्रीसँग सम्बन्धित विभिन्न कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
छापा परेको समयमा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे मन्त्रालयमा रहेको बताइएको छ।
डिडिसी पछिल्लो समय थप चर्चामा आएको थियो। यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख Balendra Shah ले सामाजिक सञ्जालमार्फत डिडिसीको उत्पादन ‘चिज’ खाएको तस्बिर सार्वजनिक गर्दै नेपाली उत्पादनको प्रवर्द्धन गर्न आग्रह गरेका थिए।












प्रतिक्रिया दिनुहोस्