images
images

गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने नयाँ अभ्याससहित राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । आगामी गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाह ले सम्बोधन नगर्ने भएका छन् । यस वर्ष टुँडिखेलमा आयोजना हुने मुख्य समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्तावसहित राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ ।

परम्परागत रूपमा गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो । तर यसपटक संविधानको व्यवस्था र सरकारको निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधनको जिम्मेवारी दिइएको बताइएको छ ।

टुँडिखेलमा हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ । सरकारी स्रोतका अनुसार उक्त निर्णयलाई गणतन्त्र दिवसको प्रतीकात्मक महत्त्वलाई अझ सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्