काठमाडौँ — ओपनर सम्झना खड्काले अविजित ३९ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले शुक्रबार मलेसियालाई दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटले पराजित गरेको छ । साथै नेपालले २ खेलको शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको छ ।
सम्झनाको इनिङ्समा नेपालले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा ८३ रनको लक्ष्य १६ ओभरमा पुरा गरेको थियो । सम्झनाले ३७ बल खेली ३ चौका प्रहार गरिन् । उनले कविता कुँवरसँग चौथो विकेटमा ४२ रनको अविजित साझेदारी गरिन् ।
कविता कुँवर २० बल खेली १ चौका प्रहार गरी १९ रनमा अविजित रहिन् । नेपालले अर्का ओपनर कविता जोशीलाई शून्यमै गुमाएको थियो । उनी आफूले सामना गरेको पहिलो बलमै आउट भएकी थिइन् । उपकप्तान १४ बल खेली ८ र सोनी पाख्रिन १२ रनमा आउट भइन् ।












प्रतिक्रिया दिनुहोस्