काठमाडौं — प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्याल बीच बुधबार काठमाडौंमा भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित गरी सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा कुराकानी भएको थियो। संसद् अवरोध र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्