images
images

तराईमा तातो बढ्ने, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशकर्णाली प्रदेश का हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, हिमाली तथा पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्