images
images

प्रतिनिधिसभा बैठक : आज पनि हर्क साम्पाङको विरोध

प्रतिनिधिसभा बैठक आज पनि हर्क साम्पाङको विरोध

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पुनः पर्चा प्रदर्शन गर्दै विरोध जनाएका छन्।

बैठक सुरु हुने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विभिन्न नारासहितको प्लेकार्ड देखाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

साम्पाङले विरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले उठाइएका विषयप्रति संसद्को ध्यानाकर्षण भएको बताएका थिए। त्यसपछि साम्पाङ आफ्नो स्थानमा बसेका थिए।

यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै सरकारको कामकारबाहीप्रति विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्