अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न पेन्टागन लाई निर्देशन दिएका छन्। मंगलबारका लागि तय गरिएको उक्त आक्रमण शान्ति प्रयासलाई मध्यनजर गर्दै रोकिएको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिँदै इरानसँग गम्भीर वार्ता भइरहेको बताएका छन्। उनका अनुसार खाडी क्षेत्रका मित्र राष्ट्रहरूको पहलमा अमेरिका, मध्यपूर्व र अन्य देशहरूलाई स्वीकार्य हुने सम्झौता सम्भावना देखिएको छ।
यद्यपि, उनले स्पष्ट पारेका छन् कि यदि कुनै स्वीकार्य सम्झौता हुन सकेन भने अमेरिका जुनसुकै बेला पूर्ण र व्यापक सैन्य आक्रमणका लागि तयार रहनेछ।
ट्रम्पले विशेष रूपमा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स का नेताहरूको अनुरोधमा आक्रमण रोकिएको उल्लेख गरेका छन्।
उनका अनुसार प्रस्तावित सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकासबाट रोक्नु नै हो।












प्रतिक्रिया दिनुहोस्