images
images

बलेवा सेवा समाज जापानको तेस्रो बैठक टोकियोमा सम्पन्न

जापानमा क्रियाशील बलेवा सेवा समाज जापान को २०२५–२०२७ कार्यकालअन्तर्गत तेस्रो औपचारिक बैठक टोकियोस्थित Tsubaki Garden Shibuya मा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र पौडेल ले गरेका थिए भने सञ्चालन महासचिव रोशन चापागाईँ ले गरेका थिए। कार्यक्रममा संरक्षक राजु केसी, महेन ढकाल, सल्लाहकार दिप पाठक लगायत पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा सहभागीहरूले संस्थाको भावी कार्यदिशा, आगामी कार्यक्रम तथा संस्थागत सुदृढीकरणका विषयमा आफ्ना सुझाव र अनुभव प्रस्तुत गर्दै विस्तृत छलफल गरेका थिए।

यसै अवसरमा बागलुङ बलेवा–पैयुँपाटा, सिम्ले निवासी समाजसेवी देब कुमारी शर्मा लाई उहाँको सामाजिक योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

बैठकले आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको र त्यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्