images
images

सन्दीप लामिछानेको नाममा नयाँ विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिँदै उनले सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडी बन्ने कीर्तिमान बनाएका हुन्।

लामिछानेले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो। स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

सन्दीपको यो उपलब्धिसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्