images
images

पत्रकारीता र कालाकारीतामा अब्बद इश्वरी – नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । गीतमा चर्चित सर्जक दिपक शर्माको शब्द तथा संगीत रहेको छ ।

ओएभ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन् । भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र स्वयं ईश्वरी बरालको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी पनि निर्देशक भट्टकै रहेको छ भने सहायक कोरियोग्राफरका रूपमा नविन पौडेल रहेका छन् ।

ठाडो भाका र झ्याउरे शैलीको फ्युजन गरिएको लोक लयमा आधारित गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । लोकपप, आधुनिक र र्याप शैलीका गीत गाइरहेकी बरालको यो पहिलो लोक लयमा आधारित गीत हो ।

यसअघि उनका ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’ र ‘नैना रेसम’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्