images
images

उद्योग वाणिज्य महासंघको निवार्चनमा गम्भिर खुलासा , भोटको बदलामा श्रीलंका भ्रमणको टिकट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन भएको छ । २१ र २२ गते सम्पन्न निर्वाचनबाट अञ्जन श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ ।

निर्वाचनको प्रतिस्पर्धामा वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६३ मत प्राप्त गर्दै विजय हासिल गर्दा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका थिए ।

तर निर्वाचन परिणाम सार्वजनिक भएसँगै निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन् । मतदातालाई प्रभाव पार्ने उद्देश्यले ‘भोटको बदलामा श्रीलंका भ्रमणको टिकट’ वितरण गरिएको खुलासा भएको छ । ५ देखि २० लाख सम्ममा भोट किनिएको पनि स्रोतले दावी गरेको छ ।

नवनिर्वाचित उपाध्यक्ष नरेशलाल श्रेष्ठ पक्षबाट व्यवसायी मतदातालाई मतदानका बदलामा विदेश भ्रमणको सुविधा उपलब्ध गराइएको दाबी गरिएको छ । यो घटनाले महासंघको निर्वाचन प्रक्रिया पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।

व्यवसायी वृत्तमा यस विषयले व्यापक चर्चा पाएको छ भने निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै छानबिनको मागसमेत उठ्न थालेको छ ।

यी हुन् टिकट पाउने भाग्यमानी व्यवसायी
अम्बिका प्रसाद अधिकारी (नेपाल मत्स्य व्यवसायी संघ)
ओमनाथ अधिकारी (नेपाल कफी व्यवसायी महासंघ )
शिव कुमार अग्रवाल (नेपाल समुद्रपार निकासी पैठारी संघ)
ज्ञानेश्वर अर्याल (नेपाल ग्यास विक्रेता महासंघ)
सुरज बन्जाडे (जुत्ता उत्पादक संघ नेपाल )
कुमार भट्टराई (ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल )
निरञ्जन बहादुर चलाउने (नेपाल संगीत उद्योग संघ)
मनोज कुमार चापागाईं (रुद्राक्ष व्यवसायी संघ)
प्रल्हाद दाहाल (नेपाल डेरी एशोसिएशन)
किरण कुमार डंगोल (नेपाल हाते कागज संघ)
विदुर धमाला (नेपाल जग्गा तथा आवास विकास संघ )
सागर ढकाल ( नेपाल धितोपत्र दलाल संघ )
सुबोध कुमार गुप्ता ( नेपाल चामल, तेल, दाल उद्योग संघ (प्रतिनिधिको रूपमा)
भुवन सिंह गुरुङ (नेपाल वैदेशिक रोजगार व्यवसायी संघ )
भक्त बहादुर हमाल ( केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन अफ नेपाल)
हरि बहादुर कार्की ( नेपाल निर्यात परिषद् )प्रतिनिधिको रूपमा
राम हरि कार्की (नेपाल हिमालय सीमापार वाणिज्य संघ)
प्रकाश कुमार खण्डेलवाल (नेपाल औषधि व्यवसायी संघ)
देवी प्रसाद खतिवडा ( नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ)
राजेन्द्र लामिछाने ( नेपाल ह्याचरी उद्योग संघ )
इन्द्र बहादुर महर्जन ( नेपाल मुद्रण उद्योग संघ )
ओम नाथ महर्जन ( नेपाल बिस्कुट उत्पादक संघ )
भरत कुमार मल्ल ( नेपाल सौर्य विद्युत उत्पादक संघ )
श्याम प्रसाद न्यौपाने (नेपाल भिनिर उत्पादक संघ )
पशुपति देव पाण्डे ( नेपाल तयारी पोशाक उद्योग संघ )
आदित्य पराजुली ( नेपाल चिया उत्पादक संघ )
सुधिर पराजुली (नेपाल केबल टेलिभिजन महासंघ )
लीलेन्द्र प्रसाद प्रधान ( नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन )
शैलेन्द्र लाल प्रधान (नेपाल कपडा उद्योग संघ )
अनिल राजभण्डारी (नेपाल कुरियर सेवा संघ )
रितेश रिमाल (नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ)
राजेन्द्र संग्रौला ( नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन )
मान बहादुर साउँद ( नेपाल आयुर्वेद औषधि उत्पादक संघ )
रवीन्द्र शाक्य ( नेपाल हस्तकला महासंघ )
देवेन्द्र भक्त श्रेष्ठ ( नेपाल खाद्य किराना व्यवसायी संघ )
कृष्ण भक्त श्रेष्ठ ( नेपाल कोल्ड स्टोरेज संघ )
नरेश लाल श्रेष्ठ ( नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघ )
राजेश श्रेष्ठ (नेपाल कोरोगेटेड बक्स उत्पादक संघ )
दुर्गा प्रसाद सुवेदी (नेपाल कुरियर सेवा संघ )
सुदिप थापा ( नेपाल विज्ञापन संघ )
उद्धव बहादुर थापा मगर ( नेपाल कपडा तथा सिलाई व्यवसायी संघ )
राम शरण थपालिया ( नेपाल निर्यात परिषद् )
माणिक रत्न तुलाधर (निर्माण सामग्री व्यापार संघ )

 

 

प्रतिक्रिया दिनुहोस्