काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सो दिन दिउँसो २ बजे बस्ने गरी दुवै सदनको बैठक आह्वान गरेका हुन् । सरकारले मंगलबार अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
यस अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पटक बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट तयारीलाई तीव्रता दिएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गरिनेछ । बजेटअघि सरकारले वार्षिक नीति तथा कार्यक्रम संसद्मा पेश गर्नेछ ।














प्रतिक्रिया दिनुहोस्