काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्गतको विश्वकप लिग–२ प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरिएको हो।
यसपटकको टोलीमा युवा खेलाडी अर्जुन कुमाल पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा अटाउन सफल भएका छन्। उनले यसअघि उमेर समूहमा नेपालका लागि खेलिसकेका छन् र पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
त्यस्तै, अनुभवी खेलाडी विनोद भण्डारी र भीम सार्की पनि टोलीमा पुनरागमन गरेका छन्। हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भण्डारी र कुमाल दुवैले दुई–दुई शतकीय पारी खेलेका थिए, जसका आधारमा उनीहरू टोलीमा समावेश भएका हुन्।
टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजन देखिएको छ।
१५ सदस्यीय नेपाली टोली:
रोहित कुमार पौडेल (कप्तान),दीपेन्द्र सिंह ऐरी (उपकप्तान),कुशल भुर्तेल,आसिफ शेख,भीम सार्की,आरिफ शेख,वसिर अहमद,गुल्सन झा,सोमपाल कामी,सन्दीप लामिछाने,ललित राजवंशी,विनोद भण्डारी,नन्दन यादव,अर्जुन कुमाल,करण केसी।
वैकल्पिक खेलाडी:
हेमन्त धामी,शेर मल्ल,रिजन ढकाल,इशान पाण्डे रदेव खनाल।












प्रतिक्रिया दिनुहोस्