images
images

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरण का पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालत मा मुद्दा दर्ता गर्दै तिवारीले १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा हिनामिना गरेको आरोप लगाएको हो ।

यस प्रकरणमा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ ।

वि.सं. २०७३ सालमा प्राधिकरणमा नियुक्त भएका तिवारी आफ्नो कार्यकालमा विभिन्न कारणले चर्चामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्