images
images

रास्वपाले लगायो संसदीय समितिका सभापति उम्मेदवारहरूको टुंगो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा अन्तर्गतका विषयगत संसदीय समितिहरूको सभापतिका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ।

बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विभिन्न समितिहरूका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

संघीय संसद् अन्तर्गत रहेका १६ वटा संसदीय समितिमध्ये प्रतिनिधिसभाका १० वटा र २ वटा संयुक्त समिति गरी १२ वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ। राष्ट्रियसभा अन्तर्गतका ४ वटा समितिका सभापतिहरूको निर्वाचन भने यसअघि नै सम्पन्न भइसकेको छ। सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन गर्ने मिति तय गरेका छन्।

रास्वपाले विभिन्न समितिका लागि निम्न उम्मेदवार सिफारिस गरेको छः

कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बाँस्कोटा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी

पूर्वाधार विकास समिति – आशिष गजुरेल

महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी

राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति – रहबर अन्सारी

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – डा. ओवस्वी शेरचन

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्निमा उदास

अर्थ समिति – कृष्णहरी बुढाथोकी

संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति – गणेश कार्की

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। यसअघि गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको नाम टुंग्याएको थियो।

प्रतिक्रिया दिनुहोस्