काठमाडौं । सरकारले २०६२/०६३ यता सार्वजनिक पदमा रहेका उच्चपदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा ५ सदस्यीय ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गर्ने निर्णय गरेको हो। आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार आयोगले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्नेछ।
यस निर्णयसँगै लामो समयदेखि उठ्दै आएको उच्चपदस्थहरूको सम्पत्ति छानबिनको माग सम्बोधन भएको सरकारको दाबी छ। आयोगले संकलित विवरणका आधारमा सम्भावित अनियमितता तथा गैरकानुनी सम्पत्तिको छानबिन गर्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्