भारतीय चलचित्र संगीतकी प्रख्यात गायिका आशा भोसलेको आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उनको उपचारका क्रममा निधन भएको हो।
सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रको सांगलीमा जन्मिएकी भोसलेले करिब ८० वर्ष लामो सांगीतिक यात्रामा हजारौं गीत गाएकी थिइन्। उनलाई सन् २००१ मा दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो भने गिनिज वर्ल्ड रेकर्ड्सले पनि सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाका रूपमा मान्यता दिएको थियो।
हिन्दी, मराठी लगायत विभिन्न भाषामा गीत गाएकी भोसलेका नेपाली गीतहरू पनि निकै लोकप्रिय रहेका छन्।












प्रतिक्रिया दिनुहोस्