images
images

निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र मजबुत हुँदैन : सांसद मनिष झाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलता सुदृढ नगरेसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको विकासबिना अर्थतन्त्र मजबुत हुन नसक्ने उल्लेख गरे ।

उनले अर्थतन्त्र तीन तहमा विभाजित हुने—निजी क्षेत्र, सरकारी क्षेत्र र विकास अर्थतन्त्र—बताउँदै यीमध्ये निजी क्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्ण हुने धारणा राखे । निजी क्षेत्रको विस्तारले मात्रै समग्र अर्थतन्त्रलाई मजबुती दिने उनको भनाइ थियो ।

सांसद झाले सरकारी तथा विकास अर्थतन्त्रले स्थायित्व कायम गर्न सहयोग गर्ने भए पनि अर्थतन्त्रको वास्तविक वृद्धि निजी क्षेत्रको सक्रियतामा निर्भर रहने बताए ।

उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै सन् २०२६ को तथ्यांकअनुसार अमेरिकाको निजी क्षेत्रको अर्थतन्त्र नेपाली मुद्रामा करिब ४६ हजार खर्ब बराबर रहेको र चीनमा करिब ३० हजार खर्ब बराबर रहेको उल्लेख गरे ।

यस आधारमा नेपालले पनि निजी क्षेत्रको पुँजी विस्तार र उद्यमशीलता विकासमा जोड दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्