काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नयाँ मितिमा तय गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको कार्यक्रम आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरिएको हो ।
शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले अदालती विषयमा कानुनी परामर्श गर्दै नयाँ मिति निर्धारण गरेको जनाएको छ । बैठकको उक्त निर्णय अनुमोदनका लागि वैशाख ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन उच्च अदालत पाटनको आदेशले स्थगित भएको थियो । बस्तुगततर्फका सदस्य पेट्रोलियम ढुवानी महासंघको उजुरीपछि अदालतले अन्तरिम आदेश जारी गर्दै कार्यक्रम रोक्न निर्देशन दिएको थियो ।












प्रतिक्रिया दिनुहोस्