काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै खाली रहेका मन्त्रालयहरूमा नयाँ मन्त्री नियुक्त गरेको हो । यादवद्वयको नियुक्तिसँगै उद्योग तथा श्रम मन्त्रालयको नेतृत्व औपचारिक रूपमा टुंगो लागेको छ ।











प्रतिक्रिया दिनुहोस्