images
images

सार्वजनिक यातायातको भाडा बढ्यो,यस्तो छ नयाँ दररेट

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा हुने परिवर्तनका आधारमा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार नयाँ दर निर्धारण गरिएको हो ।

नयाँ भाडादर आजैदेखि लागू गरिएको विभागले जनाएको छ । यसअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ ।

त्यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले वृद्धि गरिएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

विभागका अनुसार यसअघि २०८१ पुस २२ गते भाडा समायोजन गरिएको थियो । त्यसबेला डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ रहेको थियो ।

भाडा समायोजनसम्बन्धी प्रस्ताव २०८२ चैत २२ गते मन्त्रालयमा पेश गरिएको थियो । सो प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्णयबाट स्वीकृति दिइएपछि नयाँ भाडादर कार्यान्वयनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्