images
images

विश्व बजारमा तेलको मूल्य घट्ने संकेत तर सार्वजनिक यातायातमा भने भाडा वृद्धि

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत देखिए पनि सरकारले भने सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । बालेन शाह नेतृत्वको सरकारले यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरेपछि उपभोक्तामाझ असन्तुष्टि बढेको छ ।

वैज्ञानिक भाडा दर समायोजन व्यवस्थाअनुसार यात्रुवाहक सवारीको भाडा साविकको दरमा १६.७१ प्रतिशतले बढाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले जानकारी दिए ।

यसैगरी मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशतले भाडा वृद्धि गरिएको छ । तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा भने साविकको दरमा १५.७५ प्रतिशतले बढाउने निर्णय गरिएको छ ।

खाडी मुलुकमा चर्किएको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा असर पर्दा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।

तेलको मूल्य बढेसँगै यातायात व्यवसायीहरूले भाडा समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका थिए । सोही दबाबपछि सरकारले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्