images
images

बजारमा नआउँदै चर्चामा शिव शर्माको ‘हर्क र हर्कवाद’

चितवन । लेखक शिव शर्मा को पहिलो कृति ‘हर्क र हर्कवाद’ बजारमा औपचारिक रूपमा सार्वजनिक नहुँदै पाठकहरूमाझ व्यापक चर्चा र माग बढ्न थालेको छ।

बाग्लुङको जैमिनी नगरपालिका निवासी मदन शर्मा र जुना शर्माका सुपुत्र शिव शर्मा हाल चितवनको भरतपुरमा बसोबास गर्दै आएका छन्। उनी स्पष्ट विचार राख्ने बौद्धिक युवा र खरो वक्ताका रूपमा परिचित छन्।

लेखकका अनुसार पुस्तकमा विदेशी प्रभावविहीन शासन प्रणाली, प्रकृति–संस्कृति–प्रविधिमा आधारित दिगो विकासको अवधारणा, ‘हर्कवाद’ मार्फत देश विकासको वैकल्पिक मार्ग तथा व्यवहारमुखी शिक्षाको आवश्यकता जस्ता विषय समेटिएका छन्।

हाल प्रकाशनको अन्तिम चरणमा रहेको उक्त पुस्तक छिट्टै बजारमा उपलब्ध हुने जनाइएको छ। सार्वजनिक नहुँदै देशका विभिन्न जिल्ला तथा विदेशबाट समेत सकारात्मक प्रतिक्रिया र चासो आउनु लेखकका लागि उत्साहजनक बनेको छ। विशेषगरी पुस्तकको शीर्षकले पाठकको ध्यान आकर्षित गरेको बताइएको छ।

पुस्तक सार्वजनिक भएसँगै अझ व्यापक बहस र चर्चा हुने अपेक्षा लेखकले व्यक्त गरेका छन्। यस अवसरमा उनले बिनोद थापा मगर, दिपक आचार्य, सीता पौडेल, कुमार नेपाली र कृष्ण आचार्यप्रति विशेष आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्