काठमाडौं । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान बीच दुई साताको युद्धविराममा सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पाकिस्तान नेतृत्वसँग भएको वार्तापछि इरानले स्ट्रेट अफ होर्मुज बाट जहाज आवागमन अनुमति दिन सहमत भएसँगै युद्धविराम लागू भएको बताएका छन्। उनले दुई सातासम्म इरानमाथिको बमबारी र आक्रमण रोक्ने सहमति भएको जानकारी दिएका छन्।
ट्रम्पका अनुसार दुवै पक्ष युद्धविराममा सहमत भएका छन्। इरानमाथि आक्रमणको लागि तोकिएको समयसीमा सकिन केही मिनेटअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ ले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका थिए।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि उक्त सम्झौताको पुष्टि गरेको छ। मेहर समाचार एजेन्सी द्वारा प्रकाशित वक्तव्यमा युद्धविराम पाकिस्तानको मध्यस्थतामा भएको उल्लेख गरिएको छ।
वक्तव्यअनुसार नयाँ नेतृत्व मोज्तबा खामेनी को स्वीकृतिमा सम्झौता सम्पन्न भएको हो। इरानले यसलाई आफ्नो “विजय” भएको दाबी गर्दै स्थायी सम्झौताका लागि आगामी वार्ता इस्लामाबादमा हुने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्