images
images

रास्वपा सभापति लामिछानेको संशोधनसम्बन्धी मुद्दा पूर्ण इजलाशमा

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाई गरिने भएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलाशमा सुनुवाइपछि पूर्ण इजलाशमा पुग्ने आदेश भएको हो।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्