काठमाडौं । शेरबहादुर देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ। प्रहरीले प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम रोकिएको जनाएको छ।
जेन–जी घटनापछि केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि अन्य नेतामाथि पनि अनुसन्धान तीव्र बनाइएको छ। स्रोतका अनुसार देउवा परिवारको सम्पत्तिको विस्तृत विवरण संकलन गर्ने काम सुरु गरिएको छ।
यसअघि आरजु राणा देउवा माथि पनि विभिन्न प्रकरणमा छानबिनको प्रयास भएको थियो। यसपटक भने सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अगाडि बढ्ने संकेत देखिएको छ।
हाल देउवा दम्पत्ती विदेशमा रहेका छन् र उनीहरूको नेपाल फर्किने कार्यक्रम अनिश्चित बनेको बताइएको छ।












प्रतिक्रिया दिनुहोस्