सुदूरपश्चिमले बालेन सरकारमा पायो दुई मन्त्री, प्रतिभा र गीता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहै मन्त्री पदमा नियुक्त भइसकेका छन्। दुवै रास्वपाबाट समानुपातिक सांसद बनेकी हुन्। सुदूरपश्चिमका १६ प्रदेशसभा सिटमध्ये १० सिट प्रत्यक्षमा जितेको रास्वपाले समानुपातिकबाट छ सांसद बनाएको थियो।
प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ। रावल रास्वपाकी सहप्रवक्ता पनि रहेकी छिन् र उनीसँग पत्रकारितामा एक दशकभन्दा बढी अनुभव छ। उनले रवि लामिछानेसँगै पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेकी हुन्। उनी साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टीभीमा काम गरिसकेकी छन्। रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिसकेकी थिइन्। भीमदत्त नगरपालिका–६, ऐठपुरमा जन्मिएकी रावलले पाँच वर्षकै उमेरमा पिता गुमाएकी थिइन्। गुल्मीका प्रेम अर्यालसँग विवाह गरेकी उनी अहिले काठमाडौंमा बस्छिन्।
यस्तै, कञ्चनपुरकी गीता चौधरीलाई कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी दिइएको छ। शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीया चौधरी अधिवक्ता हुन्। उनी २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनावमा पराजित भएपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएकी हुन्।










प्रतिक्रिया दिनुहोस्