images
images

वालेन्द्र शाहले लिए राष्ट्रपतिबाट प्रधानमन्त्री पदको शपथ

काठमाडौँ — बालेन्द्र शाहले विशेष धार्मिक विधिपछि प्रधानमन्त्री पदको शपथ लिएका छन्।

शपथ ग्रहण शीतल निवासमा शुक्रबार आयोजित विशेष धार्मिक विधिपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्पन्न भएको हो।

शपथअघि ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएपछि बालेन्द्रले दिउँसो १२:३४ बजे शुभ साइतमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शुक्रबार राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। २०७२ मा संविधान जारी भएयता, शाह एउटै पार्टीको एकल बहुमतबाट बनेका प्रधानमन्त्री हुन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट जितेर पहिलो दल बनेको थियो। त्यसपछी रास्वपाले शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्