images
images

केपी शर्मा ओलीलाई पितृशोक, बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।नेकपा एमालेकी सचिव पद्मा अर्यालले मोहनप्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन् ।

स्रोतका अनुसार मोहनप्रसाद ओलीको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिनेछ । त्यसपछि आजै दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।उनको निधनपछि राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले शोक व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्